प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चैत्र २०७९
सवारी दुर्घटना सम्बन्धी ।
२०७९-१२-३०

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक नजिक मंगलगढी चोक बाट बाङ्गेसिमल तर्फ जाँदै गरेको क.प्र. ०२-००१ प ६८१४ नं. को मोटरसाईकलले एरिचोक बाट बजार तर्फ ल्याउदै गरेको फलफुलको ठेलालाई ठक्कर दिँदा ठेला वाला जिल्ला बाँके नेपालगन्ज घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन डेरा गरी बस्ने बर्ष अं. ३३ को हासिम ईद्रोसी लाई ठक्कर दिँदा दाहिने खुट्टा, टाउको, शरिरको विभिन्न भागमा चोट लागि घाईते भई सुर्खेत अस्पतालमा उपचार भईरेहेको अवस्था बोल्न सक्ने, घाईतेको साथमा निजको दाई र मोटरसाईकल चालक जिल्ला दैलेख दुल्लु नगरपालिका-२ बस्ने वर्ष अं.२१ को सन्देश थापा रहेको, प्रहरी सहायक हवल्दारको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटिएको, मोटरसाईकल ट्राफिकको नियन्त्रणमा, कागजपत्र साथमा नभएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-१२-२९

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ चोखेढुङगा स्थित खगिसरा खत्रीको ढुङ्गा र माटोले बनेको २ तले कच्चि घरको वाँया साईटको कोठा भित्र पुडिया बनाउदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षकको  कमाण्डमा ४ जनाको टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने बर्ष २५ को खेमराज खत्री, जिल्ला दैलेख नरायण नगरपालिका-८ बस्ने बर्ष १९ को सन्दिप गुरुङ, जिल्ला बाँके बैजनाथ गाउँपालिका-३ बस्ने बर्ष २४ को सागर राना सहित ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ वटा प्याकिङ्ग पुडिया र खुल्ला ११ वटा पुडिया बरामद गरी नियन्त्रणमा लिएको ।

अवैध काठ बरामद ।
२०७९-१२-२१

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ थौरी स्थित राजिगाउँ बस्ने बर्ष अन्दाजी ३४/३५ की छत्रकला राजीको घरमा काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट १० जनाको प्रहरी टोलि खटि गई हेर्दा छत्रकला राजीले आफ्नै घर अगाडी तरकारी लगाएको बारीमा खाल्डो खनि अबैध रुपमा राखेको सालजातको चिरान कडी र फेन्टा ( ४,५,६,७ फिट) गरी अं. ४५ वटा बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, निज महिला यस चौकीको नियन्त्रणमा वन कार्यालयलाई खबर भईसकेको । नियन्त्रणमा लिएको महिलाको नव जात शिशु भएको कारणले गर्दा निजको आफन्त अन्टि नाता पर्ने बर्ष अं. ३६ की शान्ती राजिको जिम्मा लगाई भोलि १०:०० बजे वन कार्यालयमा उपस्थित गराउने गरी जिम्मा जमानिमा छाडिएको ।

हुम्लामा आगलागि हुदा एकलाख पचार हजार बराबरको सामान को क्षती ।
२०७९-१२-१९

जिल्ला हुम्ला चंखेली गाउँपालिका वडा नं. २ दार्मा बस्ने जीवन शाहीको २ तले ६ कोठे कच्ची घरमा खाना पकाउने क्रममा एक्कासी आगो लागि भई घरको माथिल्लो तलाको २ वटा कोठा जलि पुर्ण रुपमा क्षेती भएको, मानवीय चौपाय क्षती नभएको र माथिल्लो कोठामा रहेको निम्नानुसारको समान समेत जलि क्षेती भएको, ऐ. १६:०० बजेको समयमा प्रहरी र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रण, घटनास्थलतर्फ प्रहरी चौकी मिमि हुम्लाबाट प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ५ जनाको टोली खटि गएको क्षतीको बिवरण :- १. बल्यांकेट/कम्बल १५थान २. धान/कोदो ३/४ क्विन्टल ३. सल्लाको काठ  ४५ क्युफिट जम्मा अ. १,५०,०००( एक लाख पचास हजार ) रकम बराबरको क्षति भएको ।  

सल्यानमा भिरबाट लडी एक बृद्धको मृत्यु ।
२०७९-१२-१७

सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-३ सेताभिर स्थित भित्री कच्चि सडक खण्डको बाटोमा कुमाख गाउपालिका-६ बडागाँउ बस्ने दयाराम परीयारको श्रीमति बर्ष ७० कि पदमी परीयार मृत अवस्थामा छ भनि स्थानिय डिल्लि बहादुर के.सी.ले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय थामारे सल्यान जानकारी गराएपश्चात यस कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटिई गएको । हाल बागचौर नगरपालिका-२ लष्टम  बस्ने छोरी निर्मला दमाईको घरमा बस्दै आएकी, बेला बेलामा घर बाट आफुखुसि हिडने गरेको, निज मृतक सडक बाट बाटो बाट अं.८० मिटर तल तल्लो सडक बाटोमा खस्न गई लडेको जस्तो देखिएको । 

जबरजस्ती करणी सम्बन्धी फरार प्रतिवादी पक्राउ ।
२०७९-१२-१५

 सम्मानित उच्च अदालत सुर्खेतको मिति २०७९/०५/२३ गतेको फैसला आदेशले परिवर्तित नामथर वतन ६३ भक्तपुर २ को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी छोटु भन्ने समिर अहमद कबडिया भएको जबरजस्ती करणी मुद्दामा २ बर्ष ३ महिना कैद र रु २५,००० जरीवाना भई भागि फरार रहेका प्रतिबादी छोटु भन्ने समिर अहमद कबडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसंग समन्वय गर्दै खोजतलास गर्ने क्रममा मिति २०७९/१२/१२ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा दाखिला गरेको हुदा निज फरार प्रतिवादिलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात निजलाई आज मिति २०७९/१२/१४ गते सम्मानित जाजरकोट जिल्ला अदालतमा पेश गरीएकोमा निज प्रतिवादिलाई कारागार चलान गरीएको । 

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।
२०७९-१२-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारी वस्ने वर्ष २० को अर्जुन बादी र वर्ष २० को संकर बादी निज अर्जुन बादीको घरको बाहिर संकात्मक रुपमा बसिरएको अबस्थामा प्रहरी चौकी सुब्बाकुना बाट गस्तिमा खटिएका प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा भागी घर भित्र गएको हुदाँ के रै छ भनी हेर्न जादाँ आफ्नै सुत्ने कोठाको दराज भित्र लुकाई छिपाई राखेको लागूऔषध ब्राउण सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ३ पुडिया फेला पारी निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध सहित तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत  पठाईएको । 

मृत अवस्थामा लाश फेला ।
२०७९-१२-१३

दैलेख, जिल्ला दैलेख महाबु गाउँपालिका-५ गडिगाउ बस्ने सहबिर चुनाराको श्रीमति बर्ष अ.७३ कि लिलावती चुनारा मिति २०७९।१२।४ गते घर बाट हराई बेपत्ता भएकोमा निजका आफ्तहरुले खोजतलास गर्दै जादा आज मिति २०७९।१२।१२ गतेको अ.१८;४० बजेको समयमा जिल्ला दैलेख भैरवि गाउँपालिका-६ कुर्माकोट स्थित भुतेर खोलामा मृत अबस्थाम फेला परेको भनि सोहीठाउ बस्ने रबिलाल चुनाराले टेलीफोन मार्फत जानकारी गराउना साथ प्रहरी चौकि पानिपोखरी बाट ३ जनाको प्रहरी टोलि खटि गएको र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दुल्लु बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटि गएको ।

सुर्खेतमा टिप्परले च्यापिएर एकजनाको मृत्यु ।
२०७९-१२-१२

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ डम्पिङ् क्षेत्रमा भेरी नदिबाट ढुङ्गा लिएर जाँदै गरेको भे १ ख २२०५ नं. को टिप्पर डम्पिङ् क्षेत्र नजिकै अनियन्त्रित भई बाटो देखी अं. १० मिटर तल खस्न जाँदा टिप्पर चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष ३२ को उमेश वि.क. सोही टिप्परको पछाडीको टायरले पुरै शरिर च्याप्पिएको भन्ने खबर प्राप्त हुन साथ तत्काल उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको प्रहरी टोलि र तालुक  जिल्ला प्रहरी कार्यालय  सुर्खेत बाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलि खटिगएको र निज चालक उमेश वि. क. को टिप्परले च्याप्पिएर मृत्यु भइसकेको र मृतक लाशलाई उद्धार गरी निकाली घटनास्थल कार्य भइरहेको ।

पेट्रोल छर्कि आगो लगाउन खोज्ने व्यक्ति पक्राउ ।
२०७९-१२-०९

रूकुम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.९ चौखाबाङ् घर भई मुसिकोट नगरपालिका-४ ठाराडुङ्गा मनिराम पुनको घरमा कोठा भाडा गरी बस्ने बर्ष ३० कि कृष्णा वली खड्का लाई जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-१० बेलुवा बस्ने बर्ष ३५ को प्रेम ब. के.सी. ले एक्कासी आई १ लिटर पेट्रोल शरिरमा छर्काई लाईटर बाली सल्काउन खोज्दा स्थानिय छिमेकी ले देखि समाउन खोज्दा भागी फरार भएको भन्ने टेलिफोन मार्फत  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटीगएको प्रहरी टोलीले निज लाई घट्ना स्थल देखि उत्तर तर्फ रहेको रबी बोहराको गँहु बारीमा लुकी रहेको अबस्थामा नियन्त्रणमा लिएको निज महिलाको अबस्था सामान्य रहेको । 

काठ बोकेको ट्याक्टर सहित मानिस नियन्त्रणमा ।
२०७९-१२-०९

मुगु, जिल्ला मुगु  खत्याड गाउँपालिका वडा नं. ०६ पन्सेरी बस्ने बर्ष अन्दाजी २१ को चालक तिलक राज बुडथापाले चलाई ल्याएको भे २ त ६८१ नं. को ट्याक्टरमा सल्ला प्रजातिको सुकेको तक्ता (फल्याक) र फेरेम गरी ८० (असि ) पिस काठ माझचौर बाट झुगाला तर्फ लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय रातापानी मुगुबाट खटिएको प्रहरी  टोलिले चेकजाँच गर्ने क्रममा फेला पारी ट्याक्टर चालक, काठ मालिक जिल्ला मुगु खत्याड गाउँपालिका-७ बस्ने बर्ष ४९ को दत्त प्रसाद सन्जेल, ट्याक्टर र काठ नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रातापानी मा राखीएको ।  

कर्णाली राजमार्गमा फोर्स गाडी र कार ठक्कर खाँदा मानिस घाईते ।
२०७९-१२-०८

सुर्खेत,  जिल्ला सुर्खेत बराहताल गाउँपालिका-५ अमलाखाली स्थित कर्णाली राजमार्गमा सुर्खेत देखि दैलेख तर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०५२० नं. को फोर्स गाडी र विपरित दिशा बाट आउँदै गरेको बा. प्र. ०१-०२६ च ७२०७ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न:- १) फोर्स गाडीको सवार जिल्ला दैलेख ठाँटिकाध गा.पा. ४ बस्ने बर्ष ६१ की कोपिला थापाको अनुहारमा चोट सामान्य उपचारको लागी सदरमुकाम तर्फ पठाईएको । २) फोर्स गाडीमा सवार जिल्ला सुर्खेत बराहताल गाउपालिका- ७ बस्ने बर्ष ५१ को धर्मे कामी निधारमा चोट अबस्था सामान्य स्थानिय मेडिकलमा उपचार भईरहेको । ३) कारमा सवार जिल्ला भक्तपुर चागुनारायण नगरपालिका- ९ बस्ने बर्ष ६० को मणी प्रसाद न्यौपाने वाया कुममा चोट ।  दुवै सवारी चालक नियन्त्रणमा । 

फरार प्रतिवादी प्रकाउ ।
२०७९-१२-०८

सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३२४७ कुटपिट मुद्वामा ३ महिना कैद र रु. ५,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १३ बस्ने बर्ष ४७ को बले दमाई र निजको श्रीमती बर्ष ४३ की खगिसरा दमाई लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय व्युरो शाखा बाट खटिएको प्रहरी टोली र प्रहरी चौकी  सुब्बाकुना बाट खटिएको ५ जनाको संयुक्त प्रहरी टोलिले निजको घर वतन बाट नियन्त्रणमा लिई यस जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई फैसला कार्यान्वयनको लागी सुर्खेत जिल्ला अदालतमा पठाउने कार्य भईरहेको । 

रुकुम पश्चिममा मृत अवस्थामा लास फेला ।
२०७९-१२-०७

रुकुम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं:३ छेडा बस्ने लोक बहादुर खत्री मिति २०७९।१२।०१ गतेका दिन गाई भैसीलाई घाँस काट्न जान्छु भनि बिहान ०८:०० बजेको समयमा घर बाट निस्केको र आफन्त गाउँ समाज लगाएत आफन्तजनहरुलाई समेत टेलीफोन गर्दा समेत सम्पर्कमा नआएको हुदाँ निज ब्यक्तिको खोज तलास गरी पाँउ भनी निजको भाई नाता पर्ने डिल्ली बहादुर खत्रीले मिति २०७९।११।०२ गते प्रहरी चौकी सोलबाङमा लिखित निबेदन पेश गरेको हुँदा मिति २०७९।१२।०७ गते १४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल प्रहरीको कुकुरको सहायताबाट खोजतलास गर्दै जाने क्रममा मुसिकोट ननगरपालिका-३ छेडा देखि माछमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडक देखि ५०/६० मिटर तल माटोमा मृत अवस्थामा फेला परेको ।  

सल्यानमा किराना पसलमा आगलागी हुदा मानिस घाईते ।
२०७९-१२-०७

सल्यान, जिल्ला सल्यान कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोला स्थित शंकर रानाको ३ कोठे १ तले टिनले छायको कच्चि घरको किराना पसल रहेको कोठामा एक्कासि आगलागी हुँदा उक्त पसलमा बसिरहेको निम्न ब्यक्तिहरू जलि घाईते भई उपचारको लागी एम्बुलेन्स मार्फत मिशन अस्पताल चौरजहारी पश्चिम रूकुम लगेको,आगलागीको कारण खुल्न नआएको , किराना पसलको माल सामान जलिनष्ट भएको क्षेतिको बिवरण आउन बाँकी उक्त स्थानमा प्रहरी टोली खटिई गएको, घाईतेहरू:- १. जिल्ला सल्यान कुमाख गाउँपालिका-४ भण्डारखोला बस्ने बर्ष २४ को शंकर राना, २.बर्ष २६ को यज्ञ राना ,३.बर्ष २१ को जीवन राना, (सम्पुर्णको अवस्था सिरियस रहेको र) ४.क्षेत्रमणी राना, र संजिब शाह, बोल्न सक्ने । ऐ. २३:०० बजेको समयमा सम्पुर्ण घाईतेहरु थप उपचारको लागी कोहलपुर मेडिकल कलेज बांकेको लागी रिफर भएको । 

मानिस मृत फेला परेको ।
२०७९-१२-०६

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ४ जनस्वास्थ्य कार्यालय अगाडि जुगार्ड खोलामा तातोपानी गाउँपालिका-५ लाम्रा घर भई मिति २०७९/१२/०४ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा दमको उपचारको लागि आएको बर्ष ७० को लालु नेपाली ५ गते राति अ.२४:०० वजेको समयमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बाहिर निस्केकोमा निजको कुरुवा बुहारी दुरपती नेपालीले खोज गर्दै जादा मृत अबस्थामा फेला परेको भनी जानकारी गराए पश्चात जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी टोली खटि गएको  र थप अनुसन्धानको लागी प्रहरी निरीक्षकको  कमाण्डमा SOCO सहित ३ जनाको टोलि खटिएको । 

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा स्वत्रन्त्र विद्यार्थी युनियन (स्व.वि.यु) को निर्वाचन सम्बन्धी
२०७९-१२-०५

कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) को निर्वाचन मिति २०७९।१२।०५ गते बिहान ०७:०० बजे देखि ४० वटा क्याम्पसहरु मध्ये १८ वटा क्पाम्पसहरुको सुरु भई  १७:०० बजे मतदान कार्य समापन भएको छ ।  उक्त क्याम्पसहरु मध्ये १६ वटा क्याम्पसहरुमा निर्विरोध भएको र ६ वटा क्याम्पसहरुमा विविध कारणले गर्दा निर्वाचन कार्य स्थगित भएको हो । निर्वाचन भएको १८ वटा क्याम्पसहरु मध्ये २ वटा क्याम्पसहरुको मतगणना कार्य समाप्‍त भएको छ र अन्य १६ वटा क्याम्पसको मतगणना कार्य जारी छ ।

धारिलो बस्तु प्रहार गरी मानिस घाईते प्रहार गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा।
२०७९-१२-०५

सल्यान,  जिल्ला सल्यान बागचौर नगरपालिका-३ पुतलीबास घर भई दार्मा गाउपालिका-४ मौलाहाले स्थित रहेको त्रिरत्न मेडिकल हलमा काम गर्ने बर्ष २३ को ओमकार डाँगीलाई दार्मा ४ नाउला बस्ने बर्ष २० को अम्मर रावत र निजकै भाई बर्ष १८ को बिबेक रावतले औषधी किन्ने बिषयमा बादबिवाद हुदा धारिलो बस्तुले टाउको ढाड र बाँया हातमा हानी घाईते भई सोही मेडिकलमा उपचार भई रहेकोमा थप उपचारको लागी बागचौर तर्फ पठाएको भनि आफन्तहरूले अस्थायी प्रहरी पोष्ट चौरपानी सल्यानमा  निबेदन दिएकोमा  तत्काल प्रहरी टोली खटि निज धारिलो बस्तु प्रहार गर्ने दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय थारमारे सल्यान तर्फ पठाएको । 

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।
२०७९-१२-०४

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलि शिब मन्दिर नजिक अस्थायि प्रहरी बिट लाटिकोईली बाट गस्तिमा खटिएका प्रहरी टोलीले गस्ती गर्दै जाँदा ऐ.ऐ.बस्ने बर्ष २६ को जिबन बहादुर के.सी. संकास्पद तरिकाले बसिरहेको अबस्थामा प्रहरीले देखि शंका लागी निजको शरिर खानतलासि गर्दा निजको साथ बाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ( ब्राउन सुगर ) ३ पुरीया (तौल गर्दा शुद्ध ९० मिलिग्राम) र निजको साथमा रहेको Oppo मोबाईल थान  १ र नेपाली रूपैयाँ रू ६१००/- बरामद गरी निजलाई नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखिएको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<